ISI日本語学校【公式】

2026.09.01 Update

重要なお知らせ

ヒマラヤ山脈地域で発生した洪水・土石流により被災された皆さまへ

このたび、ヒマラヤ山脈地域で発生した洪水・土石流により、多くの尊い命が失われ、多くの方々が被災されていることに、心よりお悔やみとお見舞いを申し上げます。
犠牲になられた方々のご冥福を心よりお祈りするとともに、ご遺族の皆さまに謹んで哀悼の意を表します。

また、被災された皆さま、現在も安否が確認されていない方々、そしてそのご家族や関係者の皆さまに、心よりお見舞い申し上げます。

ISI日本語学校には、世界各国・地域から多くの学生が集い、学んでいます。
国や地域を問わず、この災害の影響を受けたすべての皆さまの安全と、一日も早い復旧・復興を心よりお祈り申し上げます。

ISI日本語学校

 

हिमालय क्षेत्रको बाढी तथा पहिरोबाट प्रभावित सबैप्रति
 

हिमाली क्षेत्रमा आएको बाढी र पहिरोका कारण धेरै अमूल्य जीवनहरू गुमेको र धेरै मानिसहरू प्रभावित भएको दुःखद् घटनाप्रति हामी हृदयदेखि नै गहिरो दुःख र समवेदना व्यक्त गर्दछौँ।
यस घटनामा ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस विपत्तिबाट प्रभावित सबै, अझैसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरू तथा उहाँहरूका परिवार र प्रियजनहरूप्रति पनि हाम्रो गहिरो सहानुभूति छ। सबैजना सुरक्षित रहनुहोस् र सम्पर्कमा आउन नसकेका व्यक्तिहरू सकुशल भेटिनुहोस् भन्ने हाम्रो हृदयदेखि नै प्रार्थना छ।

ISI जापानी भाषा विद्यालयमा विश्वका विभिन्न देश तथा क्षेत्रबाट आएका धेरै विद्यार्थीहरू सँगै अध्ययन गर्दै आएका छन्।

देश वा क्षेत्रको भेदभाव नगरी, यस विपत्तिबाट प्रभावित सबैको सुरक्षा र कुशलताको लागि हामी हृदयदेखि नै प्रार्थना गर्दछौँ। साथै, प्रभावित क्षेत्रहरूमा उद्धार र सहयोगका कामहरू चाँडै अघि बढून् र सबैको जीवन सकेसम्म छिटो सामान्य अवस्थामा फर्कियोस् भन्ने हाम्रो हार्दिक कामना छ।

ISI जापानी भाषा विद्यालय